बच्चालाई मास्क लगाउने बानी कसरी बसाल्ने ?
कोरोना संक्रमणबाट बच्न मास्क लगाउन आवश्यक छ । कोरोना बाहेक धुलो, धुवा र अन्य संक्रमणबाट बच्न पनि मास्क लगाउन आवश्यक छ। ठूला मानिसले त मास्क लगाउँछन् तर कतिपय बच्चा भने मास्क लगाउन मान्दैनन् ।
कतिपय बच्चाहरु मास्क लगाउन रुची देखाउँदैनन् वा लगाइहाले पनि उतारिहाल्छन् । तथापी बच्चालाई मास्क लगाइदिन आवश्यक छ । तर कसरी उनीहरुलाई मास्क लगाउन बानी बसाउने त ?
– सम्झाउने मास्क लगाउन किन जरुरी छ भनेर भने बच्चालाई सम्झाउने । मास्क लगाउँदा कोरोना र किटाणुहरुबाट सुरक्षित भइन्छ भनेर उनीहरुलाई पनि बुझाउने । यि कुराहरु बारम्बार बच्चालाई सम्झाउनु पर्छ । साथै बच्चाले सोधेका प्रश्नको पनि जवाफ दिनुपर्छ । मास्क लगाउन किन जरुरी छ भनेर कार्टुन वा चित्रको सहायता लिदाँ राम्रो हुन्छ ।
– रंगिन मास्क बच्चाहरुलाई कार्टुनका पात्र निकै मनपर्छ । यस्तोमा उनीहरुलाई मनपर्ने कार्टुनका पात्रको चित्र अंकित वा रंगिन मास्क किनिदिए आफ्नै खुसीले लगाउन मन गर्छन् ।
– आफू पनि लगाउने बच्चाले प्राय ठूला मानिसकै सिको गर्छन् । त्यसकारण अभिभावकले पनि मास्क लगाउने गर्नु पर्दछ ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सिडिसीका अनुसार २ वर्षभन्दा माथिका बच्चाले बाहिर निस्कँदा, सामाजिक दूरी कायम गर्न नसकिने स्थानमा मास्क लगाउनुपर्छ ।