बुढेसकाल लागेसँगै पालन गर्नुपर्ने चार नियम
स्वामी श्रद्धानन्दका अनुसार परिवारको बोझ नभईकन बाँच्न सक्ने चार सूत्र निम्नानुसार छन्—
पहिलो : वृद्धले खाली बसेर परिवारमाथि बोझ थाप्नु हुँदैन । आफूले सक्ने केही न केही गरिरहनुपर्दछ ताकि अन्य सदस्यले तपाईंको उपयोगिता बुझिरहून् ।
दोस्रो : कम बोल्नुपर्दछ, धेरे बोल्नाले धेरैथरीका झमेला आउन सक्छन् । साथै धेरै बोल्नाले शक्ति क्षीण हुनुका साथै बुद्धिको नास हुन्छ ।
तेस्रो : अरु सदस्यले नमागिकन सल्लाह दिनुहुँदैन ।
चौथो : सहनशीलताको अभ्यास गर्नुपर्दछ । बूढेसकालमा तन र मन दुवै कमजोर हुने भएकोले आफूभन्दा कम उमेरका शक्तिसम्पन्न व्यक्तिसित जोरी खोज्नु हुँदैन ।
साभार : ‘नव सफलता शास्त्र २’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:५८
प्रतिक्रिया दिनुहोस्