Nic Ad Nic Ad
Nic Ad Nic Ad

ह्वाइट हाउसले भन्यो : राष्ट्रपति बाइडेन युक्रेन जाने कुनै योजना छैन

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– अमेरिकाका राष्ट्रपति जो बाइडेन युक्रेन भ्रमणमा जाने कुनै योजना नरहेको ह्वाइट हाउसले स्पष्ट पारेको छ । प्रेस सचिव जेन साकीले सोमबार ब्रिफिङका क्रममा यस्तो जानकारी दिएकी हुन् ।

‘म एकपटक फेरि भन्छु, राष्ट्रपति बाइडेन युक्रेन भ्रमणमा जाने कुनै योजना छैन ।’ उनले भनिन् ।

ह्वाइट हाउसले एक शीर्ष अधिकारीलाई भने किभ पठाउने बताएको छ । जसमा विदेशमन्त्री एन्टोनी ब्लिंकन वा रक्षा मन्त्री लोयड ओस्टिनमध्ये एक हुन सक्ने बताइएको छ ।

यसअघि, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सीएनएनसँगको अन्तर्वार्तामा बाइडेन किभको भ्रमण गर्ने सक्ने आफूलाई लागेको बताएका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्