मधुमेहका विरामीलाई दालचिनी सेवन गर्नुको महत्व
दालचिनी (सिनामोन) हामी धेरैको भान्साघरमा पाइने प्राचीन मसला हो । यसलाई चिया, दाल वा अन्य परिकारसँग मिसाउने गरिन्छ । यसमा रहेको सिनामलडेहाइड भनिने केमिकलले स्वाद र सुगन्ध प्रदान गर्दछ ।
दालचिनी मधुमेह रोकथामका लागि प्रयोग हुन सक्ने विभिन्न अनुसन्धानबाट पुष्टि भएको छ । प्रतिदिन १ देखि ६ ग्राम दालचिनी सेवन गर्दा मधुमेह रोगीको रगतमा ग्लुकोज, टीजी र कोलेस्टेरोल घटेको अध्ययनले देखाएको छ ।
यसलाई खानेकुरामा मिसाउने परम्परा वैज्ञानिक छ, त यसको उचित मात्रा, टोक्सिसटी (विषादीपन) र मेकानिजमबारे अझै अनुसन्धान हुन आवश्यक छ । त्यसैले मधुमेह रोगीको उपचारका रुपमा यसलाई प्रयोग गर्नुअघि डाक्टरको सल्लाह भने लिनुपर्दछ ।
साभार : ‘जीवन जिउने काइदा’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:५७
प्रतिक्रिया दिनुहोस्