Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेप्से १३.३७ अङ्कले बढ्यो

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं— मंगलबार नेप्से परिसूचक १३.३७ अङ्कले बढेर २ हजार ३५७.२४ विन्दुमा पुगेको छ।

आइतबार र सोमबार घटेको नेप्से मंगलबार बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको ३२ लाख १३ हजार १९५ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ३२ करोड ६८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ। यस कम्पनीको ६ करोड ३० लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ९ सय ४९ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमशः हिमालयन डिस्टिलरी र महालक्ष्मी विकास बैंकको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचक बढेका छन्। आज नेप्सेमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र ग्रीन भेञ्चरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ। यि दुई कम्पनीका लगानीकर्ताले अधिक कमाएका छन् भने दिव्यश्वरी हाइड्रोपावर र कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले अधिक गुमाएका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:५७
प्रतिक्रिया दिनुहोस्