Nic Ad Nic Ad
Nic Ad Nic Ad

नबिल बैंक र सामाजिक परिवर्तनका लागि परोपकारी अभियान नेपाल बिच सम्झौता

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ—दिगो बैंकिङ अन्तर्गत नबिल बैंकले गैरसरकारी संस्था सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पिआईएससी) को आयोजनामा चैत्र २५ र २६ गते काठमाडौंमा सम्पन्न“ युवा उद्यमशीलता मार्फत दिगो विकास लक्ष्यहरू प्राप्तगर्ने विषयमा संचालित दुई दिने कार्यशालाको प्रायोजन गरेको छ । नबिल बैंकको तर्फबाट नायब महाप्रबन्धक–आदर्श बजगाईं र (पिआईएससी नेपाल) का कार्यकारी निर्देशक प्रवीण खनालले युवाउद्यमशीलतालाई मद्दत र प्रवर्द्धनगर्ने उक्त प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका थिए । युवा उद्यमशीलता मार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्न आयोजित उक्त कार्यशालामा विभिन्न विश्वविद्यालयका विद्यार्थी, इच्छुक उद्यमीलगायतले उद्यमशीलता विकासका लागि आफ्नो विचार र अवधारणा नोट प्रस्तुत गरेका थिए। उत्कृष्ट अवधारणा पिआईएससी नेपालद्वारा प्रकाशित पुस्तिकामा प्रकाशित गरिनेआयोजक संस्थाले बताएको छ। उक्त कार्यशालाबाट अब्बल छानिएका अवधारणा तथा कार्यपत्रहरुलाई नबिल बैंकले आवश्यक परेमा बैंकको नीतिको अधिनमा रहीविभिन्न बैंकिङ्ग सेवाहरू प्रदान गर्नेछ। उक्त कार्यशालामा बोल्दै नबिल बैंकका नायव महाप्रबन्धक आदर्श बजगाईंले युवा उद्यमशीलता मार्फत आर्थिक बृद्धि तथादिगो विकाशका लक्ष्यहरु हसिल गर्नुपर्ने बताए । नबिल दिगो बैंकिङले उद्यमशीलता सम्बन्धी तालिम तथा वित्तीय साक्षरता सम्बन्धी काम गर्दै आउनुका साथै महिला, किसान र युवाहरूका लागि नबिल किसान कर्जा र उद्यमशीलकर्जा प्रदान गर्दै आएको छ । साथै, युवा उद्यमशीलता प्रवर्द्धनका लागि आयोजित यस्तो कार्यशालालाई सहयोग गर्न पाउँदा खुसी लागेको समेत नायव महाप्रबन्धक बजगाईले बताए । कार्यक्रममा बोल्दै आयोजक संस्थाका कार्यकारी निर्देशक प्रवीण खनालले “बजार कहिल्यै मर्दैन – उद्यमशीलता कहिल्यै मर्दैन“भन्दै राष्ट्र निर्माणका लागि युवा उद्यमशीलता महत्वपूर्ण रहेकोमा जोड दिए । साथै, नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले राष्ट्रको आर्थिक उन्नतिमा महिलाद्धारा संचालित व्यवसाय÷उद्यमलाई प्रवद्र्धन गुनपर्ने बताइन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:५७
प्रतिक्रिया दिनुहोस्