मुक्तिनाथ विकास बैंकको ‘क्रमिक बचत खाता’ सञ्चालनमा, यस्तो छ सुविधा
काठमाडौं— मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘मुक्तिनाथ क्रमिक बचत खाता’ सञ्चालनमा ल्याएको छ ।
बैंकको मुक्तिनाथ क्रमिक बचत खातामा बचत खाता तथा मुद्दती खाताको विशेषताहरुलाई समेटिएको छ ।
उक्त खातामा मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम, न्यूनत्तम १ वर्ष देखी १० वर्ष अवधी सम्मको लागि जम्मा गरेको अवस्थामा १ वर्षेको व्यक्तिगत मुद्दती खातामा पाइने बराबरको नै ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
साथै त्रैमासिक रुपमा प्राप्त ब्याज पुन सोही खातामा नै जम्मा हुने र सोमा समेत मुद्दतीकै ब्याज प्रदान गर्ने भएको ग्राहकहरुलाई उच्चत्तम लाभ हुने ब्यहोरा बैंकले जनाएको छ ।
यस खाताबाट नियमित रुपमा आर्जन गरेको आम्दनीको केही अंश खर्च नगरी बचत गर्न चाहाने ग्राहकहरुलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
साथै, विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:५७
प्रतिक्रिया दिनुहोस्