Nic Ad Nic Ad
Nic Ad Nic Ad

पल शाह प्रकरणः नाबालिगका बुबा पनि बने ‘होस्टाइल’, भने– छोरीले जे भनि त्यही हो

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं— नेपाली चलचित्रका कलाकार पल शाह प्रकरणमा पीडित नाबालिगका बुवाले पनि बयान फेरेका छन् । मंगलबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा किशोरीको बुबाले आफैले जाहेरी दिएको तर पछि बुझ्दै जाँदा त्यो कुरा यथार्थ नभएको भनी बयान दिइ होस्टाइल बनेका छन् । त्यसो त, गत आइतबार मात्र बकपत्रका क्रममा पीडित किशोरीले पनि आफूमाथि बलात्कार नभएको बयान दिएकी थिइन् । पीडित किशोरीले जाहेरीमा उल्लेखित विवरणहरु कसैको उक्साहटमा लेखिएको जिकिर गर्दै प्रहरीले जबरजस्ती विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न लगाएको उनले दाबी गरेकी थिइन् । उनले छोरीले फेरेको बयान मान्छु भन्दै होस्टाइल गरेको जिल्ला अदालत तनहुँले जनाएको छ । अदालतले तनहुँमा बकसपत्र गर्ने क्रममा नाबालिग गायिकाका बुबाले पनि जबर्जस्ती करणी नभएको बयान दिएको अदालतका एक वकिलले बताए । होस्टाइल गर्नेलाई तीन महिना कैद र पाँच हजार जरिवाना हुने कानुनी व्यवस्था रहेको ती वकिलले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:१३
प्रतिक्रिया दिनुहोस्