मिस नेपालको आवेदन खुला, यस्ता छन् मापदण्ड
काठमाडौँ– ‘मिस नेपाल–२०२२’ को खोजी शुरु भएको छ । द हिडन ट्रेजरले एक विज्ञप्ती जारी गर्दै मिस नेपाल २०२२ को आवेदन खुला भएको जनाएको हो ।
वैशाख ३१ गतेसम्म आदेवन दिन सकिने द हिडन ट्रेजरले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
मिस नेपालमा छनोट हुनका लागि ५ फिट ३ इन्च उचाइ र १८ वर्षदेखि २७ वर्ष उमेर हद राखिएको छ ।
प्रतियोगीको उमेर पनि १८ वर्षदेखि १८ वर्षदेखि २७ वर्ष कायम गरिएको छ।
प्रतियोगिताबाट सुप्रान्यासनल टाइटल हटाइएको छ भने आगामी असार ४ गते मिस नेपालको फाइनल आयोजना हुनेछ ।
यसपटक सातै प्रदेशमा अडिसन लिइने छ । वीरगञ्ज, धरान, नेपालगञ्ज, पोखरा, सुर्खेत, र काठमाडौँमा अप्रिल २२ देखि मे १० सम्म अडिसन हुने आयोजकले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:१३
प्रतिक्रिया दिनुहोस्