रमजानको पवित्र महिनामा के गर्ने ? के नगर्ने ? यस्ता छन् नियमहरु
अहिले विश्वभर रमजानको पवित्र महिना चलिरहेको छ । रमजानलाई इस्लामी क्यालेण्डर अनुसार नवौं महिना मानिन्छ । यो महिना इस्लाम धर्मालम्बीहरु अल्लाहको इबादत (आराधना) गर्ने र रोजा राख्ने गर्दछन् । यस पुरै महिना मुस्लिम समुदाय सूर्योदयपछि सूर्यास्त अघि अन्न पानी ग्रहण गर्दैनन् । रमजानमा सुर्य उदाउनु अघि खानुलाई सहरी र सुर्यास्त पछि खानुलाई इफ्तार भनिन्छ ।
रमजानको महिना मुस्लिम समुदायमा सबैभन्दा पवित्र महिना मानिन्छ । रमजानको महिनामा चन्द्रमा देखिने समय निर्भर गर्दछ । रमजानको मुख्य उद्देश्य आध्यात्मिक रूपमा विकसित हुनु र अल्लाह तथा उनका प्रियजनको नजिक हुनु हो । यो पुरै महिना मुस्लिम समुदाय रोजा राख्ने र गलत बानीबाट टाढा रहने गर्दछन् । इस समय उनिहरुको मुख्य ध्यान भनेको अल्लाहको इबादत (आराधना) गर्नु नै हो ।
रमजानमा रोजा राख्नु महत्वपूर्ण मानिन्छ । रोजाको अर्थ स्वयम्मा नियन्त्रण राख्नु हो । यो समयमा मुस्लिम समुदाय आफूलाई अल्लाहलाई समर्पित गर्दछन् । रोजा सबैकालागि अनिवार्य भए पनि रोगी, गर्भवती महिला, दूध ख्वाउने आमा, महिनावारी भएकी महिलालाई रोजा राख्न अनुमती छैन । साथै यात्रा गर्नेलाई पनि रोजा नराख्ने छुट छ । रमजानका क्रममा रोजा राख्दा निम्न कुराको पालना गर्नु पर्दछ : – बिहान सूर्यउदय अघि नै खाना खानु पर्दछ ताकि दिनभर भोक नलागोस् ।
– त्यसपछि एकै पटक सूर्यास्तपछि मात्र रोजा खोल्न सकिन्छ ।
– रमजानका क्रममा दैनिक ५ पटक नमाज पढ्न आवश्यक मानिन्छ ।
– रमजानको अवधीभर वैवाहिक जोडीलाई समेत शारीरिक सम्बन्ध बनाउन निषेध छ ।