Nic Ad Nic Ad
Nic Ad Nic Ad

बकपत्रका लागि पल शाहलाई आज नवलपुर लगिँदै

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– जिल्ला कारागार तनहुँमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहलाई आज नवलपरासी पूर्व लगिँदैछ । बलात्कार मुद्दामा जिल्ला अदालत नवलपुरले बकपत्रका लागि उनलाई बोलाएको हो । नवलपुरमा पनि नाबालिग गायिकाले पलविरुद्ध बलात्कार मुद्दा दायर गरेकी छन् । दुवै जिल्लाका अदालतले थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । तर पल शाहले कारागार बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरी उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । उच्च अदालतमा केही दिनपछि यस विषयमा सुनुवाइ हुँदैछ । यसअघि प्रारम्भिक सुनुवाइपछि कैफियत प्रतिवेदन मगाएको थियो । जिल्ला अदालत तनहुँमा भने उनको बकपत्र गराइसकिएको छ । साथै पीडित नाबालिग र उनका बुवाले पनि बकपत्र दिइसकेका छन् । बलात्कारको जाहेरी दिएका पीडित नाबालिग र बुवाले बकपत्रमा भने बोली फेरेका छन् । उनीहरुले अरुको उक्साहटमा उजुरी दिएको जिकिर गर्दै बलात्कार नभएको बयान दिएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:४१
प्रतिक्रिया दिनुहोस्