Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनआइसी एशिया बैँकको खुद नाफा ३ अर्व ६० करोड पुग्यो

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ— एनआइसी एशिया बैँकले चालु आर्थिक वर्षको नौँ महिनामा खुद नाफा ३ अर्व ६० करोड माथि गरेको छ । बैँकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार चैत मसान्तसम्म ३ खर्ब ३ खर्ब २ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ७४ अर्ब कर्जा दिएको छ । निक्षेप र कर्जामा एनआईसी एशिया पहिलो स्थानमा रहेको छ । यो वर्ष खुद नाफा १९.९६ प्रतिशत रहेको छ । बैँकले अघिल्लो वर्ष यसै अवधिमा ३ खर्ब ४८ लाख १५ रुपैयाँ नाफा आर्जन गरेको थियो । बैँकको स्व–पूँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ । जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । बैंकले वार्षिक प्रति शेयर आम्दानी ४१।९४ आर्जन गर्न बैंक सफल भएको छ । बैंकको खराब कर्जा अनुपात ०.५१ प्रतिशतमा सीमित राखेको छ । समीक्षा अवधिसम्मा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । बैंकले आ।व। २०७८र७९ को तेस्रो त्रयमाससम्ममा ९ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३७ लाख भन्दा बढी खाता पुर्याउन सफल भएको छ । बैंकको देशभर ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा रहेका छन् ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:२३
प्रतिक्रिया दिनुहोस्