Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रभु बैंकको चुक्ता पूँजी १२ प्रतिशतले बढ्यो

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ— प्रभु बैँकको चुक्ता पूँजी १२ प्रतिशतले बढेर १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, जगेडा कोषमा ६ अर्ब २७ करोड ९२ लाख ८१ हजार रुपैयाँ रहेको छ । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास वित्तीय अवस्था सार्वजनिक तथ्याङ्क अनुसार यो अवधिमा बैंकले १ अर्ब ७५ करोड २९ लाख २३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १६.९० प्रतिशतले घटेको छ । बैंकको नाफा गत आवको सोही अवधिमा २ अर्ब १० करोड ९६ लाख ७ हजार रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी १२।७२ प्रतिशत बढेर ४ अर्ब ३२ करोड ३१ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब ८३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको सञ्चालन मुनाफा १६.२२ प्रतिशत घटेर २ अर्ब ५६ करोड ६ लाख ३५ हजार रुपैयाँ र वितरणयोग्य नाफा ७८ करोड ३ हजार रुपैयाँ रहेको छ । यस्तै बैंकले १ खर्ब ६७ अर्ब ३६ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ४३ अर्ब ७१ करोड २७ लाख ५१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४० पैसा घटेर १८ रुपैयाँ ३९ पैसामा रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिसयर आम्दानी २४।७९ रुपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ४१ पैसा रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:२३
प्रतिक्रिया दिनुहोस्