Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा फेरि बढ्यो कोरोना संक्रमण, एकैदिन थपिए २ हजार बढी संक्रमित

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– भारतमा कोरोना भाइरसको संक्रमण दर फेरि बढ्न थालेको छ । पछिल्लो केही दिनदेखि संक्रमितको संख्या बढ्दै गएको भारतमा एकैदिन २ हजार ६७ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सक्रिय संक्रमितको संख्या पनि १२ हजार नाघेको छ ।

साथै, एकैदिन ४० जनाको मृत्युको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जसमा केरलामा मात्रै ३४ जनाको मृत्यु भएको छ भने महाराष्ट्रमा तीन तथा उत्तर प्रदेश, मिजोरम र नागाल्याण्डमा एक–एक जनाको मृत्यु भएको छ ।

कोरोनाबाट अहिलेसम्म भारतमा ५ लाख २२ हजार बढीको मृत्यु भएको छ । जसमा सबैभन्दा धेरै महाराष्ट्रमा एक लाख ४७ हजार ८३० जनाको ज्यान गएको छ ।

भारतमा फेरि कोरोना बढ्न थालेसँगै त्यसको असर नेपालमा पनि पर्ने देखिन्छ । भारतसँगको खुला सीमाना कारण भारतमा कोरोना बढ्दा नेपालमा पनि जोखिम बढ्ने स्वास्थ्य विज्ञको भनाइ छ ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमण घटेको अवस्थामा भारतमा बढेसँगै उच्च सतर्कता अपनाउन आवश्यक रहेको विज्ञको सुझाव छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:०६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार