Nic Ad Nic Ad
Nic Ad Nic Ad

माछापुच्छ्रे बैँकको खुद नाफा २०.२४ प्रतिशतले बृद्धि

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ— माछापुच्छ्रे बैंक लिमिटेड ले आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासिकको खुद नाफा २०.२४ प्रतिशतले बृद्धि गरेको छ । बैंकको चालु आर्थिक वर्षमा खुद नाफा रू १ अर्ब ५५ करोड पुगेको छ । गत वर्षको सोही अबधिमा बैँकको नाफा १ अर्ब २९ करोड रहेको थियो । सोही त्रैमासिकमा बैंकले पीएल विनियोजन र नियामक समायोजनपछि वितरणयोग्य नाफा रु ८२.८२ करोड रहेको छ । बैंकको ग्राहकहरुको निक्षेप ७.१९ प्रतिशतले बढेर रू १ खर्ब ४१ अर्ब पुगेको छ । बैंकको खुद ब्याज आम्दानी (मुख्य व्यवसाय आम्दानी) १३.९ प्रतिशतले बढेर रु३.६ अर्ब पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:२५
प्रतिक्रिया दिनुहोस्