चैत्र मसान्तसम्म एनएमबि बैँकले कति नाफा आर्जन गर्यो ?
काठमाण्डौ— एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ५.९१ प्रतिशतले बढी हो।
गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा भने ४१.६१ प्रतिशतले घटेर १ अर्ब ३२ करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा २ अर्ब २७ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा ४.६४ प्रतिशतले बढेर ३ अर्ब ७८ करोड रुपैयाँ भएको छ। गत वर्षको यही अवधिसम्म बैंकलाई यस्तो मुनाफा ३ अर्ब ६१ करोड रुपैयाँ भएको थियो।
बैंकको खुद ब्याज आम्दानी पनि २.७४ प्रतिशतले बढेर ४ अर्ब ४२ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ४ अर्ब ३० करोड रुपैयाँ भएको थियो।
समीक्षा अवधिमा बैंकले १ खर्ब ८४ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ७७ अर्ब बढी कर्जा परिचालन गरेको छ।
गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:२४
प्रतिक्रिया दिनुहोस्