सानिमा बैँकले १ अर्बमाथि नाफा गर्यो
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १४.२० प्रतिशतले कम हो।
गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा १४.६१ प्रतिशतले घटेर २ अर्ब २५ करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्षको यही अवधिसम्म बैंकलाई यस्तो मुनाफा २ अर्ब ६४ करोड रुपैयाँ भएको थियो।
बैंकको खुद ब्याज आम्दानी भने २।६१ प्रतिशतले बढेर ३ अर्ब ३५ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ३ अर्ब २७ करोड रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिमा बैंकको रिटेन अर्निङ पनि घटेको छ। गत वर्षको यही अवधिसम्म १ अर्ब ७३ करोड रुपैयाँ रहेको यस्तो अर्निङ ५७।९० प्रतिशतले घटेर ७३ करोड १२ लाख रुपैयाँमा सीमित बन्न पुगेको छ।
समीक्षा अवधिमा बैंकले १ खर्ब ४६ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब बढी कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १९ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।
समीक्षा अवधिमा बैंकको सीडी रेसियो ८७.२२ प्रतिशत, कस्ट अफ फन्ड ७.२६ प्रतिशत र आधार दर ९ प्रतिशत रहेको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:२४
प्रतिक्रिया दिनुहोस्