बेलायतका विपक्षी पार्टीले प्रधानमन्त्री जोनसनलाई लाज नभएको मान्छे भनेपछि ...
काठमाडौं - प्रधानमन्त्री बोरिस जोनसनलाई त्यहाँको विपक्षी पार्टीले आलोचना गरेको छ । लकडाउनका समयमा प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटमा आयोजित मदिरा पार्टीलाई लिएर विपक्षी पार्टीले आलोचना गर्दै आएका छन् ।
यसैक्रममा उनलाई बेलायतका विपक्षी पार्टीले ‘लाज नभएको मान्छे’ भनेका छन् । जोनसनमाथि कोरानाको समयमा निर्देशिका उल्लंघन गरेको आरोप लगाइएको छ ।
उनी कानून तोडेको आरोपमा दण्डित हुने पहिलो बेलायती नेता पनि भएका छन् । यसलाई लिएर जोनसनले क्षमायाचना पनि गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:०५
प्रतिक्रिया दिनुहोस्