फेरि विवादमा तानिइन् अभिनेत्री राखी सावन्त, पुलिस स्टेशनमा मुद्दा दर्ता
काठमाडौं - बलिउडकी चर्चित र विवादित अभिनेत्री हुन् राखी सावन्त । धेरैजसो विभिन्न कारणले विवादमा आइरहने राखी फेरि एक समस्यामा परेकी छिन् । भारतिय मिडयाका अनुसार उनीविरुद्ध राँचीको एसटी-एससी पुलिस स्टेशनमा मुद्दा दर्ता गरिएको छ।
बेली डान्स ड्रेसलाई आदिवासी ड्रेस भनेपछि उनी विवादमा तानिएकी हुन् । केन्द्रीय सरना समितिले उनीमाथि मुद्दा दर्ता गरेको हो ।उनले आदिवासीको पहिरन भन्दै अश्लीलताको हद नाघेको समितिले जनाएको छ । वास्तवमा राखी सावन्तको नयाँ गीत ‘मेरे वर्ग’ रिलिज हुन लागेको छ ।
यस गीतको प्रमोशनका लागि राखीले आफ्नो पहिरनलाई ‘आदिवासी पोशाक’ भनेकी थिइन् । उनी नग्न रंगको बहु९स्तरको मिनी स्कर्ट, ढुङ्गाले जडित बिकिनी टप र टाउकोमा प्वाँखले सुसज्जित भारी मुकुटमा उभिएकी थिइन्। यस लुकमा डान्स गर्दै उनले यो मेरो ‘आदिवासी लुक’ भएको बताएकी थिइन् । यसपछि उनीमाथि खिल्ली उडाइएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:०९
प्रतिक्रिया दिनुहोस्