विवाह बन्धनमा बाधिँइन् केकी अधिकारी, तस्बिर शेयर गर्दै यसो भनिन्
काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाधिँएकी छन् । बिहिबार उनले रोहित तिवारीसँग विवाह गरेकी हुन् ।
उनले आफ्नो लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी हुन् । केकीले आज सामाजिक सञ्जालमार्फत आफ्नो विवाह बारे जानकारी गराएकी छिन् ।
उनले लेखेकी छिन् - 'आजका दिन सम्म मलाई कलाकारको रूपमा दिनु भएको माया, सद्भाव र समर्थन प्रति हार्दिक आभारी छु। कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाढ्न पाउदा अत्यन्तै हर्षित छु। जीवनको नया अध्याय सुरू गर्दै गर्दा म र मेरो जिवन साथीले उपहार स्वरूव यहाहरूको अाशिर्वादको अपेक्षा गरेका छौँ। यहाहरूको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ। -केकी /रोहित'
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:४१
प्रतिक्रिया दिनुहोस्