Nic Ad Nic Ad
Nic Ad Nic Ad

नियमित चम्सुरको सेवनले उच्चरक्तचाप र मधुमेहबाट जोगाउँछ

बिहीबार, मंसिर ८, २०७९
चम्सुरको साग र बियाँ नेपाल, भारतलगायत एसियाका विभिन्न मुलुकामा खाने गरिन्छ । दम, खोकीको उपचारमा यसको प्रयोग हुन्छ । अझै पनि गाउँघरतिर भाँचिएको हड्डीको उपचारका लागि चम्सुर उपयोगी मानिन्छ । यसले कलेजो, मिर्गौला, छाला, आँखाका समस्या निराकरण गर्न मद्दत गर्दछ । जनावरमा गरिएको अनुसन्धानअनुसार चम्सुर खाने गरे रक्तचाप र रगतमा चिनीको मात्रा घट्छ । यसमा झाडापखाला र ब्रोङ्काइटिस निदान गर्ने गुण पनि हुन्छ । चम्सुरमा अल्कलोइड, सापोनिन, बिटा–केरोटिन, एन्थ्रसिन, प्रोटिन, फ्लाबोनाइड, फ्याटी एसिडजस्ता विभिन्न फाइटोकेमिकल पाइन्छन् । चम्सुरको बियाँमा प्रशस्त एन्टिअक्सिडेन्ट लिग्नन पनि हुन्छ । साभार : ‘जीवन जिउने काइदा’ पुस्तकबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २२:२५
प्रतिक्रिया दिनुहोस्