Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल एयरलाइन्सले आजदेखि साउदी अरेबिया उडान गर्दै

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ — नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आजदेखि काठमाडौँबाट साउदी अरेबियाको राजधानी रियादमा पहिलोपटक व्यवसायिक उडान गर्दै छ ।

रियाद निगमको आठौं अन्तर्राष्ट्रिय गन्तव्य मुलुक हो । ६३ वर्षे इतिहासमा पहिलोपटक साउदी अरेबियामा व्यवसायिक उडान गर्न लागेको निगमले जनाएको छ ।

प्रारम्भमा निगमले सातामा दुई दिन उडान अनुमति पाएको छ । निगमको वाणिज्य विभागका अनुसार, अहिले सातामा मंगलबार र शुक्रबार काठमाडौंबाट उडान हुने छ ।

रियादबाट बुधबार र शनिबार काठमाडौंका लागि उडान हुने छ । यात्रुको चाप अनुसार २ सय ७४ सिट क्षमताको एयरबस ए ३३० वाइडबडी वा १ सय ५८ क्षमताको एयरबस ए ३२० न्यारोबडी विमान उडाइने छ ।

यसअघि चिनियाँ लगानीमा नेपालमा यती एयरलायन्ससँगको साझेदारीमा स्थापना भएको हिमालय एयरलायन्सले दमाम र रियादमा न्यरोबडी विमानबाट उडान गर्दै आइरहेको छ ।

सात वर्षअघि नेपाल र साउदी अरेबियाबीच भएको हवाई सेवा सम्झौताले दुबै मुलुकलाई सातामा ५६ सय सिटसम्म यात्रु ओहोरदोहोर गराउने अधिकार दिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:५२
प्रतिक्रिया दिनुहोस्