Nic Ad Nic Ad
Nic Ad Nic Ad

केकीको विवाहमा पाहुनालाई मोवाइल निषेध, अफसियल फोटोग्राफरसँग कडा सम्झौता

बिहीबार, मंसिर ८, २०७९
बिहिबार अत्यन्त गोप्य रुपमा नायिका केकी अधिकारीले विवाह गरेकी छिन । केकीले ३ वटा तस्विर सार्वजनिक गर्दै विवाहको जानकारी दिए पनि विवाह बारे अन्य सबैकुराहरु गोप्य नै छन् । यद्यपी केकीको विवाह बारेका केही विषयहरु चुहिन थालेका छन् । स्रोतका अनुसार ग्रान्डी अपार्टमेन्ट भित्रै केकीको विवाह सम्पन्न भएको हो । यो उनका श्रीमान् रोहित तिवारी बस्दै आएको अपार्टमेन्टमा हो । विवाहमा दुवै तर्फका गरेर करिब सय जना पाहुना उपस्थित थिए । चलचित्र क्षेत्रका ब्यक्तिहरु भने खासै कोही थिएनन् । केकीका नजिकका साथी हरु पनि विवाहमा निम्त्याइएका थिएनन् । विवाहलाई गोप्य राख्न केकीले सक्दो कोसिस गरेकी थिइन । उनले विवाहको तस्विर र भिडियो खिच्ने काम टौवा इभेण्टले गरेको थियो । स्रोतका अनुसार केकीले टौवासँग विवाहका बारे कुनै पनि जानकारी सार्वजनिक नगर्ने मात्र होइन आफ्नो अनुमति विना तस्विर र भिडियो पनि सार्वजनिक गर्न नपाउने लिखित सम्झौता नै गरेकी थिइन । त्यसो त उपस्थिती पाहुनाहरुलाई समेत मोबाइलबाट फोटो वा भिडियो खिच्न बन्देज लगाइएको थियो । अफिसियल फोटोग्राफर बाहेक अरुले केकीको बिहेको कुनै पनि दृश्य र तस्वीर कैद गर्न पाएनन् । यति सम्मकी पाहुनाहरुलाई विवाह स्थल प्रवेशसँगै मोबाइल फोन समेत अफ गर्न लगाइएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:०५
प्रतिक्रिया दिनुहोस्