आत्मसन्तुष्टि : एक प्रेरक प्रसङ्ग
एक दिन बादशाह सुबुक्तगीन शिकारको लागि गए ।
दिनभर यताउता हिँडेपछि उनले एउटा हरिणको बच्चा घाँसमा चरिरहेको देखे । उनले तीर चलाउनुका साटो चुपचाप गएर बच्चालाई समाए र महलमा लिएर आए । केही क्षणपछि फर्केर हेर्दा पोथी हरिण उनको पछाडि पछाडि आइरहेकी थिई, उसको आँखाबाट आँसु झरिरहेको थियो ।
यो देखेर बादशाहको मन पग्लियो र उनले हरिणको बच्चालाई छोडिदिए । हरिण बच्चा पाएर खुशीले चाट्न थाली । जबसम्म बादशाह उनको आँखाबाट ओझेल भएनन्, तबसम्म उसले हेरिरही ।
बादशाह सुबुक्तगीनलाई लाग्यो उनले हातमा आएको शिकार गुमाए पनि बदलामा एक गहिरो आत्मसन्तुष्टि पाए, जुन हरिणको बच्चाको वध गरेर कहिल्यै मिल्ने थिएन ।
साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:१३
प्रतिक्रिया दिनुहोस्