पुटिनको र्यालीमा सहभागी ओलम्पिक च्याम्पियन रायलोभमाथि प्रतिबन्ध
काठमाडौँ– रुसका ओलम्पिक च्याम्पियन एभ्जेनी रायलोभलाई पौडीको विश्व नियामक निकाय ‘फिना’ ले ९ महिनाका लागि प्रतिबन्ध लगाएको छ ।
रुसले युक्रेनमाथि गरिरहेको आक्रमणको समर्थनमा भएको एक र्यालीमा सहभागी भएको आरोपमा उनीमाथि प्रतिबन्ध घोषणा गरिएको हो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मार्चमा राजधानी मस्कोमा आयोजना गरेको र्यालीमा २५ वर्षीय रायलोभ सहभागी भएको आरोप छ ।
उनले युद्धको समर्थनमा ‘जेड’ लेखिएको कपडा पहिरिएका थिए । टोकियो ओलम्पिकमा उनले १०० मिटर र २०० मिटरको प्रतिस्पर्धामा स्वर्ण पदक जितेका थिए ।
रायलोभमाथिको प्रतिबन्ध अप्रिल २० देखि लागू हुने जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:४७
प्रतिक्रिया दिनुहोस्