भारतमा कोरोना संक्रमण निरन्तर बढ्दै, एकैदिन २५ सय बढी संक्रमित थपिए
काठमाडौँ– पछिल्ला केही दिनदेखि भारतमा कोरोना भाइरस संक्रमणको दर निरन्तर बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा २ हजार ५२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमणको ग्राफ उकालो लाग्दै गर्दा सक्रिय संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । हालसम्म भारतमा संक्रिय संक्रमितको संख्या १५ हजार बढी पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार अहिले दैनिक संक्रमण दर बढेर ०.५६ प्रतिशत पुगेको छ ।
१५ हजार ७९ संक्रमितले स्वास्थ्य उपचार गराइरेका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:४६
प्रतिक्रिया दिनुहोस्