Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रसंघका महासचिवले रुस र युक्रेनका राष्ट्रपतिलाई छुट्टाछुट्टै भेट्दै

बिहीबार, मंसिर ८, २०७९

न्युयोर्क - राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने भएका छन् । उनी पहिला यही अप्रिल २६ मा रुस जाने र २८ मा युक्रेन जाने तय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उनलाई दुबै देशमा राष्ट्रपतिले स्वागत गर्ने जनाइएको छ ।

रुसमा गएका बेला उनले राष्ट्रपति भ्लादिमिर पुटिन र विदेश मन्त्री सेर्गेइ लाभ्रोभलाई भेटेर युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गर्ने भएका छन् । महासचिव गुटेर्रेसका सहायक प्रवक्ता एरि कानेकोले दुवै जनासँग वार्ताका लागि उनी मस्को जान लागेको पुष्टि गरेका छन् । दुवै जनासँग एकै दिन भेटवार्ता हुने पनि उनले स्पष्ट पारे । त्यसपछि उनी युक्रेन पुगेर त्यहाँका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् । ‘युक्रेन भ्रमणका लागि पनि महासचिवले तयारी गर्नु भएको छ’, सहायक प्रवक्ता कानेकोले भने ।

गत मङ्गलबार महासचिव गुटेर्रेसले चार दिन बिदा दिन दुबै पक्षलाई अनुरोध गरेका थिए । उनले शान्ति प्रक्रिया अगाडि बढाउनका दुवै देशका उच्च अधिकारीहरूलाई अनुरोध गरी वार्तामार्फत विवाद अन्त्य गर्न पहल गर्ने भएका छन् । युक्रेनमा उनले राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीलाई र विदेश मन्त्री दिमित्रो कुलेबालाई भेट्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:४८
प्रतिक्रिया दिनुहोस्