Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोलकत्तालाई हराउँदै गुजरात शीर्ष स्थानमा

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– गुजरात टाइटन्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईमा आज साँझ भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ रनले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो । गुजरातले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो । कोलकाताका लागि अन्द्रे रसेलले सर्वाधिक ४८ रन बनाए । रिंकु सिंहले ३५ रन बनाउँदा उमेश यादवले नटआउट १५ रन जोडे । श्रेयस लेयरले १२ रन जोड्नु बाहेक बाँकी ब्याटर चल्न नसक्दा कोलकाता पराजय ब्यहोर्न बाध्य बन्यो । गुजरातका लागि मोहम्मद शामी, यश दयाल र रशिद खानले समान २–२ विकेट लिए भने अल्जारी जोसेफ र फर्गुसनले १–१ विकेट ढाले । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको गुजरातले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । उसका लागि हार्दिक पान्डेयले अर्ध शतकीय इनिङ खेल्दै ६७ रन बनाए । यस्तै डेभिड मिलरले २७ तथा ऋद्धिमन सहले २५ रन जोडे । राहुल तेवातियाले १७ रन बनाए । कोलकत्ताका लागि अन्द्रे रसेलले भने कसिलो बलिङ गर्दै ४ विकेट लिए । यस्तै, टिम साउथीले ३ विकेट लिँदा उमेश यादव र शिभम् माभीले १–१ विकेट लिए । यस जितसँगै गुजरातले ७ खेलमा १२ अंक जोडेको छ । गुजरातको यो छैटौं जित हो । कोलकाता ८ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:२९
प्रतिक्रिया दिनुहोस्