Nic Ad Nic Ad
Nic Ad Nic Ad

पेप्सीले गर्मी मौसममा स्वाएगसंगै रिफ्रेस गराउने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं— यो गर्मीमा पेप्सीले युवाहरुलाई आफ्नो नयाँ प्रचार अभियान जसले ब्राण्डको स्वाएग दर्शनलाई पुनःदर्शाउँछ, त्यसको साथमा प्रेरित गर्न सम्पूर्ण तयारी गरेको छ । पेय पदार्थ ब्राण्डले सुपरस्टार तथा ब्राण्ड सद्भावदूत प्रदीप खड्का अभिनित एक बहुरङ्गी टिभिसि विज्ञापन अनावरण गरेको छ, जुन विज्ञापनले पेप्सीको पहिचान स्वाएगका साथमाप्रदीप खड्काको रमाइलो पक्ष र चतु¥याईंलाई प्रस्तुत गरेको छ । यो नयाँ विज्ञापन पनि हर घुँटमा स्वाएग छ कै विस्तारित रुप हो र यसले पेप्सी सद्भावदूत प्रदीप खड्कालाई गर्मीको दिनमा काठमाडौंको एउटा स्थानमा साथीहरुसंग खानाखाइरहेको देखाउँछ । साथीहरु सबैले हातैले खानाखाइरहेको देखेर भर्खरै विदेशबाट फर्किएको एकजना साथीले उनीहरु सबै बाहिरी दुनियाँसंग साक्षात्कार हुनु पर्छ भन्दै आफ्नो रवाफ देखाउँछ । उसले कतिवर्ष बितिसक्दापनिउनीहरुले अझै टेबुल शिष्टाचार सिक्नै बाँकी रहेको बताउँछ । यो सबै सुनेपछि प्रदीपले चिस्सो पेप्सी बोतलबाट एक घुँट पिउँदै स्वाएगलिएर साथीमाअहिले पनिपहिले झैं सबैलाई सताउने बानीबाँकी नै रहेको सुनाउँछ । यसैमा विज्ञापन नयाँ पेप्सी बोतलमागएर रोकिन्छ र पृष्ठभूमिमा हर घुँटमा स्वाएग छ को धूनगुञ्जिरहन्छ । विज्ञापन शुभारम्भको अवसरमाआफ्नो मन्तव्य राख्दै पेप्सीको नेपाल क्षेत्रको सिनियर मार्केटिङ्ग डाइरेक्टर नसीबपुरिले भने “पेप्सी सधैं नै युवा पुस्ताहरुको रोजाई बन्दै आएको छ र नेपालमा अत्यन्त रुचाइएको कोला पेयहरु मध्येको एक हो । पेप्सीद्वारा शुरु गरिएको यस गर्मी मौसमको प्रचार अभियानले युवाहरुको स्वाएगलाई प्रतिबिम्बित गर्दछ । प्रदीपको उपस्थिति र उनको स्वाभाविकअभिनयले विज्ञापनको उचाई बढाएको छ, र आजका पुस्ताको आत्मविश्वास झल्काउने यो प्रचार अभियान सबैलाई मनपर्नेछ भन्नेमा हामी विश्वस्त छौं ।” प्रचार अभियानको बारेमाआफ्नो धारणा राख्दै ब्राण्ड एम्बेसेडरप्रदीप खड्काले भने “पेप्सीको स्वाएगदर्शन मसंग सधैं नै प्रतिध्वनितहुने गरेको छ । ब्राण्डको कठोर अवस्थाले यसलाई आजका युवाहरुसंग अत्यन्त सान्दर्भिक बनाइदिएको छ । यो विज्ञापनको सार नै तिमी को हौ र तिमीले के गर्न सक्छौं भनेर निर्भीकता देखाउने हो । म निर्धक्क छु कि मेरा प्रशँसकहरुले यो नयाँ विज्ञापनलाई पनिमाया गर्नु हुनेछ र चिस्सो, रिफ्रेसिङ्ग पेप्सीको साथमायसको मज्जालिनु हुनेछ ।” पेप्सी नेपालका सबै आधुनिक डिपार्टमेन्टल स्टोरहरु तथा परम्परागतपसलहरुकाअलावा इ–कमर्स प्लेटफर्महरुमा सबेत एकजनालाई र धेरैजनालाई पुग्ने प्याकहरुमा उपलब्ध छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०५:१९
प्रतिक्रिया दिनुहोस्