Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेप्से ९५ दशमलव ४६ अङ्कले बढ्याे

बिहीबार, मंसिर ८, २०७९
काठमाडाैँ—शेयर बजार परिसूचक नेप्से आज ९५ दशमलव ४६ अङ्कले बढेर दुई हजार चार सय २० दशमलव ९१ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेको दिन बीमा, जलविद्युत्, फाइनान्स, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज कारोबार रकममा पनि सुधार आएको छ । दुई सय ३८ वटा कम्पनीका ६६ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब ५३ करोड १२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सानिमा बैंकको प्रमोटर शेयर २२ करोड रुपैयाँमा किनबेच भयो । आज बेस्ट फाइनान्स, नेशनल हाइड्रोपावर लगायतका १२ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज जम्मा चार वटा कम्पनीको शेयर मात्रै घटेको छ ।  
 
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०५:१८
प्रतिक्रिया दिनुहोस्