Nic Ad Nic Ad
Nic Ad Nic Ad

नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बिच नवीकरणीय ऊर्जा आयोजनाको प्रवद्र्धनका लागि सम्झौता

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ— नबिल बैंक लिमिटेड र वैकल्पिकऊर्जा प्रवद्र्धन केन्द्र बिच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवद्र्धनकालागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी सम्झौता भएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यालय, मध्य बानेश्वरमा आयोजित एक कार्यक्रमका बिच उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र वैकल्पिकऊर्जा प्रवद्र्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसुदन अधिकारीले हस्ताक्षर गरे ।

सम्झौताका मुख्य विशेषत ाकुनै पनि नवीकरणीय ऊर्जा आयोजनालाई दिएको ऋण कर्जाको भुक्तानी नभएमा त्यस ऋणमा नवीकरणीय ऊर्जा कोष ९ऋच्भ्ँ० ले २० प्रतिशत सावाँ रकमसम्मको सुरक्षण प्रदान गर्नेछ । यस अन्तर्गत सुरुमा यस जमानतले रु. १० करोड सम्मको सुरक्षण प्रदान गर्नेछ ।

वैकल्पिकऊर्जा प्रवर्द्धन केन्द्रको वित्तीय संयन्त्र केन्द्रीय नवीकरणीय ऊर्जा कोष ले यूकेएड को सहयोगमा सस्टेनेबल एनर्जी च्यालेन्ज फन्ड को स्थापना गरेको छ । क्भ्ऋँ ले नवीकरणीय ऊर्जा परियोजनाहरूलाई वित्तीय व्यवहार्यता र दिगो सञ्चालन सुनिश्चितगर्न वित्तीय र प्राविधिक सहायता प्रदानगर्दछ । यो सम्झौतासँगै बैंकले दिगो ऊर्जा स्रोतको प्रवद्र्धन गर्ने र नवीकरण ऊर्जामाबलियो लगानीनिर्माण गर्ने उदेश्य लिएको छ ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका नायब प्रमुखकार्यकारी अधिकृत सुजितकुमार शाक्यतथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, केन्द्रीयनवीकरणीय ऊर्जा कोष, नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमतथा बैंकका उच्च पदस्तकर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।

नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धानदिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो ।

यो सम्झौतामार्फत नबिल बैंकले नबिल दिगो बैंकिङकाप्रयासहरुलाई अझ बढी लक्षितवर्गमा पु¥याउन सहयोग गर्ने आशा लिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०५:१८
प्रतिक्रिया दिनुहोस्