Nic Ad Nic Ad
Nic Ad Nic Ad

फ्रान्सको राष्ट्रपतिमा म्याक्रोँ पुन: निर्वाचित

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– एमानुएल म्याक्रोँ प्रतिद्वन्द्वी मारिन ल पेनलाई पराजित गर्दै दोस्रो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका छन्। यद्यपि म्याक्रोँद्वारा पराजित पेनले अति दक्षिणपन्थीहरूको सबैभन्दा बढी मत प्राप्त गर्न सफल भइन्। ५८ प्रतिशत मतसहित जित हासिल गरेका म्याक्रोँ थप पाँच वर्षका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन् । त्यो भनेको अपेक्षा गरिएको भन्दा ठूलो अन्तर हो। आइफल टावरको फेदमा उदारवादी म्याक्रोँले हर्षोल्लासका साथ आफ्ना समर्थकहरूलाई "अब चुनाव सकिएकाले आफू सबैका लागि राष्ट्रपति बनेको" बताएका छन्। उनकी प्रतिद्वन्दी ल पेनले पराजित भए पनि आफूले पाएको मतले जितेको बताइन्। उनले आफ्ना समर्थकहरूलाई आफूहरूका राष्ट्रिय र्‍यालीहरूले आफ्नो विचारलाई नयाँ उचाइमा पुर्‍याएको बताइन्। तर उनका उग्रदक्षिणपन्थी प्रतिस्पर्धी एरिक जेम्डुरले ल पेन पनि उनका पिताजस्तै असफल भएको बताएका छन्। यता, म्याक्रोँको विजयले युरोपेली नेताहरूलाई राहत भएको छ। उग्रदक्षिणपन्थी उम्मेद्वारले शृङ्खलाबद्ध रूपमा युरोपेली सङ्घ ईयू विरोधी नीतिहरूको वकालत गरिरहेकाले उनको विजयले उनीहरूलाई राहत मिलेको हो। यूकेका प्रधानमन्त्री बोरिस जोन्सनले म्याक्रोँलाई बधाई दिएका छन्। फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा करिब ७२ प्रतिशत मत खसेको बताइएको छ। यो मत राष्ट्रपतीय निर्वाचनमा सन् १९६९ यताको सबैभन्दा कम मतदान हो।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्