Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेप्सेमा ३४.९५ अंकको गिरावट

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ—नेप्सेमा ३४.९५ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३४.९५ अंकले घट्दै २३ सय ८६.०१ अंकमा झरेको हो। झन्डै ३५ अंकले घटेको बजारमा आज कारोबार रकम समेत घटेको छ । नेप्सेका अनुसार २ अर्ब ४ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन ९५ अंकले बढेको बजारमा २ अर्ब ५६ करोड बराबरको कारोबार भएको थियो । १३ उपसमूहमध्ये आज होटल र पर्यटन र म्युचुअल फन्ड बाहेका अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् । होटल तथा पर्यटन समूह ०.१३ प्रतिशतले बढेको छ भने म्युचुअल फन्ड ०.८२ प्रतिशतले । अघिल्लो दिन ७ प्रतिशत माथिले वृद्धि भएको हाइड्रोपावर समूह आज १.८७ प्रतिशतले घट्न पुगेको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०५:५८
प्रतिक्रिया दिनुहोस्