Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकाले छान्यो युक्रेनका लागि अनुभवी राजदूत

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– अमेरिकाले युक्रेनका लागि अनुभवी कूटनीतिज्ञ ब्रिजेट ब्रिंकलाई राजदूत बनाएको छ। यसअघि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले ब्रिंकले आगामी दिनमा विगत तीन वर्षदेखि खाली रहेको महत्वपूर्ण पद सम्हाल्ने घोषणा गरेको थियो। रुस युक्रेन युद्ध चलिरहेको अवस्थामा युक्रेनलाई भरपूर सहयोग गरिरहेको अमेरिकाले कूटनीतिमा २५ वर्षको अनुभव भएकी ब्रिंकलाई चुनेको हो। अमेरिकाले युक्रेनलाई रुससँग लड्न सकेसम्मको सहयोग दिने वचन दिएको छ। ब्रिंकले अहिले स्लोभाकियाको लागि अमेरिकी राजदूतको रुपमा काम गरिरहेकी छन्। ह्वाइट हाउसले ब्रिंकसँग कूटनीतिक क्षेत्रमा लामो अनुभव भएकाले युक्रेनको इतिहासकै महत्वपूर्ण समयमा यो पदका लागि उनी योग्य रहेको बताएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १४:०६
प्रतिक्रिया दिनुहोस्