Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रि बजेटबारे निजी क्षेत्रको छलफल

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– निजी क्षेत्रले भोग्नु परेको समस्या र चुनौतीलाई आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गर्नेबारे सरोकारवाला निकायबीच छलफल भएको छ ।

नेपाल व्यवस्थापन संघको आयोजनामा सोमबार काठमाडौँमा आयोजित प्रि बजेट छलफलमा अर्थ मन्त्रालय र निजी क्षेत्रबीच आगामी आर्थिक वर्षको बजेट निमार्णका विषयमा छलफल भएको हो ।

कार्यक्रममा नेपाल सरकारका अर्थ सचिव मधुकमार मरासिनी, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरु, उद्योगी व्यवसायी र विभिन्न क्षेत्रका विज्ञहरुको उपस्थिती रहेको थियो ।

आजको पूर्ब बजेट छलफल कार्यक्रम निजि क्षेत्रका सरोकारवालाहरुले भोगेका समस्या र चुनौतिहरु र उक्तचुनौतिहरुलाई आगामि बजेटमा सम्बोधनहुनुपर्ने विषय संगै कार्यक्रममा विज्ञबाट प्रस्तुत महत्वपूर्ण रुपान्तरणकारी आयामहरु र भविष्यमा दूरगामी प्रभाव पार्र्न सक्ने बजेट प्याकेज तथा कार्यक्रमका विविध विषयमा छलफल केन्द्रित भएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका सिनियर भाईस प्रिसिडेन्ट कमलेश कुमार अग्रवाल, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यान र नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीको सहभागिता रहेको थियो ।

यसैगरी विज्ञहरुमा शिक्षा क्षेत्रबाट प्रा. डा. विद्यानाथ कोइराला, अर्थशास्त्री डा. विश्वास गौचन, कृषि विज्ञ डा. कृष्ण देव जोशी, पर्यटन क्षेत्रका विज्ञ वसन्त राजमिश्र, स्वास्थ्य क्षेत्रका विज्ञ किशोर कुमार महर्जन र सूचना प्रविधि क्षेत्रका विज्ञ एलेन तुलाधरको उपस्थिती थियो । कार्यक्रमलाई संघका कार्यकारी सदस्य मनोज कुमार ज्ञवालीले सहजीकरण गर्नु भएको थियो ।

उक्त छलफलका आधारमा तयार पारिएको प्रतिवेदनलाई संघले केही दिनभित्र नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्य योजना रहेको संघका सभापति उपेन्द्र प्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०५:५७
प्रतिक्रिया दिनुहोस्