दक्षिण भारतका धेरै पारिश्रमिक लिने यी हुन् १० अभिनेत्रीहरु
काठमाडौँ– भारतीय फिल्म उद्योगमा पछिल्लो समय दक्षिण भारतीय फिल्महरुले आफनो छुट्टै अस्तित्व कायम गर्दै आएका छन् ।
पछिल्लो केही महिनाको अन्तरालमा रिलिज भएका दक्षिण भारतको बाहुबली, आरआरआर, पुस्पा जस्ता फिल्महरुले भारतमा मात्रै नभएर विश्वका विभिन्न देशमा दर्शकको मन जित्न सफल भएको छ ।
फलस्वरुप केही समय अगाडि खासै र्चचामा नआएको दक्षिण भारतीय फिल्म उद्योगले अहिले बलिउडलाई नै पछाडि पार्ने सम्भावना बढ्दै गएको देखिन्छ ।
त्यसैगरी दक्षिण भारतीय फिल्म उद्योगमा पछिल्लो समय अभिनेता मात्र नभएर अभिनेत्रीहरुले पनि फिल्ममा आफ्नो उत्कृष्ट अभिनय प्रदर्शन गर्दै दर्शकको मन जित्न सफल भएका छन् । फलस्वरुप कतिपय अभिनेत्रीहरुले आफ्नो पारिश्रमिक पनि बढाएका छन् । ति मध्ये केही अभिनेत्रीहरु यसप्रकार रहेका छन् ।
१. सामन्था दक्षिण भारतीय फिल्म उद्योगमा पछिल्लो समय सबै भन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री मध्ये पहिलो नम्बरमा सामन्था रुथ प्रभुको नाम पर्दछ । केही समय अगाडि रिलिज भएको फिल्म पुस्पामा आइटम डान्सको लागि उनले ५ करोड रुपैयाँ लिएकी थिइन् । सो गीतपछि र्चचामा आएकी सामन्थाले एउटा फिल्मको पारिश्रमिक ३ देखि ८ करोडसम्म लिने गर्छिन् ।
२. नयनतारा दक्षिण भारतीय फिल्म उद्योगमा तमिल, तेलुगु र मलायालम फिल्ममा अभिनय गरेकी नयनतारा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री मध्य दोस्रो नम्बरमा रहेकी छन् । विभिन्न सञ्चार माध्यमहरुका अनुसार उनले एउटा फिल्मको करिब ५ देखि ७ करोडसम्म पारिश्रमिक लिने गरेकी छन् ।
३. अनुष्का शेट्टी अभिनेत्री अनुष्का शेट्टी पनि सर्वाधिक कमाउने अभिनेत्रीहरुको सूचीमा रहेकी छन् । एसएस राजामौलीको बाहुबलीबाट र्चचामा आएकी उनले आफ्नो एउटा फिल्मका लागि करिब ६ करोड भारु लिने गर्छिन्।
४. पूजा हेगडे दक्षिण भारतीय फिल्म क्षेत्रमा नाम कमाएकी अभिनेत्री पूजा हेगडे पनि एक सफल अभिनेत्रीको रुपमा चर्चित छिन् । फिल्म राधेश्यामलगायत अन्य विभिन्न फिल्मबाट नाम कमाउन सफल उनले एउटा फिल्ममा अभिनयन गरे वापत २.५ देखी ७ करोड सम्म पारिश्रमिक लिने गरेकी छन् ।
५. रश्मिका मन्डन्ना चलचित्र पुस्पा, डियर कम्रेड, जस्ता दक्षिण भारतका चर्चित फिल्महरुमा अभिनय कलाबाट दर्शकको मन जित्न सफल अभिनेत्री रश्मिका मन्डन्नाले एउटा फिल्मको २ देखि २.५ भारु रकम लिने गरेकी छन् ।
६. तापसी पन्नु
दक्षिण भारतीय फिल्म यद्योगबाट आफ्नो फिल्मी करियर सुरु गरेकी तापसी बलिउड र दक्षिण भारतीय फिल्म उद्योग दुबै तर्फको शीर्ष अभिनेत्रीको रुपमा चिन्न सकिन्छ । उनले एउटा फिल्मको लागि ३ देखि ५ करोडसम्म पारिश्रमिक लिने गर्छिन् ।
७. काजल अग्रवाल अभिनेत्री कागज अग्रवाल पनि बलिउड र दक्षिण भारतीय फिल्म दुबै तर्फको शीर्ष अभिनेत्रीको सूचीमा रहेकी छन् । उनले एउटा फिल्मका लागि करिब डेढ देखि ४ करोड भारु लिने गरेकी छन् ।
८. तमन्ना भाटिया अभिनेत्री तमन्ना भाटिया पनि सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीहरुको सूचीमा परेकी छन् । उनले एउटा फिल्ममा अभिनय गर्दा ४ देखि ५ करोड रुपैया लिन्छिन् ।
९. रकुल प्रीत सिंह दक्षिण भारतीय फिल्म उद्योगमा मात्रै नभएर धेरै बलिउड फिल्ममा पनि काम गरिसकेकी अभिनेत्री रकुल प्रीत सिंह सफल र एक चर्चित अभिनेत्री हुन् । उनले आफ्नो एउटा फिल्मका लागि डेढ देखि तीन करोडसम्म पारिश्रमिक लिने गर्छिन् ।
१०. साई पल्लवी आफ्नो सुन्दरता र उत्कृष्ट अभिनयले र्दशकको मन जित्न सफल अभिनेत्री साई पल्लवी पनि सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीहरुको सूचीमा पर्छिन । उनले एउटा फिल्मको लागि १ देखि २ करोडसम्म लिने गरेकी छन् ।