Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रेमसम्बन्धको चर्चापछि कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको ब्रेकअप

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - बलिउडका चर्चित जोडी आलिया भट्ट र रणवीर कपुरको विवाहको चर्चासँगै अर्का जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको प्रेमसम्बन्धबारे पनि चर्चा चलिरहेको छ । शेर शाहको अनस्क्रिन जोडीलाई रियल लाइफमा देख्न पाइयोस् भन्ने धेरै फ्यानको छ । तर यो इच्छा भने पूरा नहुने देखिएको छ । भारतिय मिडियाका अनुसार अहिले कियारा र सिद्धार्थको ब्रेकअप भएको खबर बाहिर आएको छ । उनीहरु भने यस विषयमा कुनै वक्तव्य जारी गरेका छैनन् । दुवैलाई धेरै छुट्टीमा सँगै देखिएपछि उनीहरुको प्रेमसम्बन्ध बारे चर्चा शुरु भएको थियो । उनीहरु माल्दिभ्सबाट रणथम्बोरको यात्रामा पनि गएका थिए । तर प्रेमसम्बन्धको हल्ला चलेपछि पछिल्लो समय यी दुवै एकअर्काको तस्बिर शेयर गर्नबाट टाढिदै गएका छन् । एक रिपोर्टका अनुसार सिद्धार्थ र कियाराबीच केहि राम्रो चलिरहेको छैन। दुवैले आ–आफ्ना बाटो छुट्याएका छन् । अभिनेत्रीले भने ब्रेकअप आफैसँग भएको बताइन् । उनले भनिन्– मेरो नजिक कोही छ भने मलाई पटक्कै मन पर्दैनथ्यो । मेरो ओछ्यानबाट बाहिर निस्कन कति पटक म हिचकिचाएँ रु म त्यहाँ बस्न चाहन्थे। मेरा साथीहरूले मलाई भने कि तपाईंले त्यो व्यक्तिबाट बाहिर आउनु पर्छ र रुनु पर्छ। देखेमा रुनु त ठिकै हो तर त्यो मान्छेको लागि होइन जसले तिमीलाई यसरी छोडेर जान्छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:०४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार