Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको सटही दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ २४ पैसा र बिक्री दर १२२ रुपैयाँ ८४ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्री दर १३१ रुपैयाँ २७ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५५ रुपैयाँ ४२ पैसा र बिक्री दर १५६ रुपैयाँ १८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ५३ पैसा र बिक्री दर १२८ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ १० पैसा र बिक्री दर ८८ रुपैयाँ ५४ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ४३ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ५७ पैसा र बिक्री दर नौ रुपैयाँ ६१ पैसा छ । चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६८ पैसा र बिक्री दर १८ रुपैयाँ ७७ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ५९ पैसा र बिक्री दर ३२ रुपैयाँ ७५ पैसा छ । कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ५२ पैसा र बिक्री दर ३३ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २१ पैसा रहेको छ । कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ७५ पैसा र बिक्री दर नौ रुपैयाँ ७९ पैसा कायम भएको छ ।

यस्तै, कुवेती दिनार एकको खरिद दर ३९९ रुपैयाँ ८३ पैसा र बिक्री दर ४०१ रुपैयाँ ७९ पैसा छ भने बहराइन दिनार एकको खरिद दर ३२४ रुपैयाँ २४ पैसा र बिक्री दर ३२५ रुपैयाँ ८४ पैसा रहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:२४
प्रतिक्रिया दिनुहोस्