Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा रथयात्राका क्रममा करेन्ट लागेर ११ जनाको मृत्यु

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– भारतको तमिलनाडुमा एउटा मन्दिरको रथयात्राका क्रममा बिजुलीको तारले छुँदा करेन्ट लागेर ११ जनाको मृत्यु भएको छ। तमिलनाडुको तञ्जावुरमा रथयात्राको क्रममा हाईभोल्टेज तारमा ठोक्किएर ११ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सो घटनामा अन्य १५ जना घाइते भएका प्रहरी अधिकारीले जानकारी दिएका छन् । तिरुचिरापल्ली सेन्ट्रल जोन आईजी वी बालाकृष्णनले वार्षिक पर्वको समयमा उच्च भोल्टेजको तारमा रथमा ठोक्किएर दुर्घटना भएको बताएका छन् । प्राप्त जानकारी अनुसार दुर्घटनामा धेरै श्रद्धालुहरु गम्भीर घाइते भएका छन् । उनीहरुलाई नजिकको अस्पतालमा भर्ना गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १४:२६
प्रतिक्रिया दिनुहोस्