म्यानमारको सैनिक सरकारद्वारा भ्रष्टाचार आरोपमा सूची जेल चलान
काठमाडौं - भ्रष्टाचारको आरोपमा म्यान्मारको सैनिक सरकारले प्रजातन्त्रवादी नेता आङ सान सुचीलाई जेल चलान गरेको छ । सेनाले कुमार्फत सत्ता हत्याएपछि सन् २०२१ को फेब्रुअरीयता सुचीलाई सैनिक सरकारले घरमै नजरबन्दमा राखेको थियो ।
७६ वर्षीया नोबेल शान्ति पुरस्कार विजेता सुचीलाई मदतानमा धाँधली गरेकोलगायत विभिन्न आरोप लगाइएको छ । सुचीले सबै आरोप आधारहीन भएको बताउँदै आएकी छिन् । राजधानी नेपिदअमा भएको बन्द इजलासपछिको आदेशबारे सर्वसाधारण र मिडियालाई कुनै जानकारी नगराइएको बीबीसीले जनाएको छ ।
सुचीका वकिलहरूलाई पनि पत्रकारहरूसँग बोल्न रोक लगाइएको थियो । सुचीलाई नसकेका उनका वकिलहरूले बीबीसीलाई बताएअनुसार उनलाई ५ वर्षका लागि जेल चलान गरिएको हो । विभिन्न आरोपमा समेत दोषी करार गर्दै सैनिक सरकारद्वारा सुचीलाई ११ वर्षसम्म जेल चलान गर्न सक्ने बताइएको छ । सुचीमाथि भ्रष्टाचारसहित वाकीटकी रेडियो सेट घरमा राखेको र कोरोनासम्बन्धी नियम तोडेको आरोप समेत लगाइएको छ । उनीमाथि लागेका सबै आरोप पुष्टि भए उनलाई करिब १९० वर्षसम्म जेल सजाय हुन सक्ने अनुमान गरिएको छ ।