रुसले रोक्यो पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति
काठमाडौँ– रुसले पोल्याण्ड र बुल्गेरियामा पूर्ण रुपमा ग्यास आपूर्ति बन्द गरेको छ । दुवै देशले रुसी मुद्रा ‘रुबल’मा ग्यासको भुक्तानी दिन अस्वीकार गरेपछि रुसले बुधबार बिहानदेखि ग्यास पठाउन पूर्ण रुपमा बन्द गरेको हो ।
रुस–युक्रेन युद्धका कारण युरोपेली मुलुकसँग बढ्दो तनावका बीच रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यासको आपूर्ति बन्द गरेको हो ।
पोल्याण्डको सरकारी ग्यास कम्पनी पीजीएनआईजी अधिकांश ग्यास आयातमा रुसी कम्पनी ग्याजप्रोममा निर्भर रहेको छ । यस यस वर्षको पहिलो त्रैमासिकमा रुसी कम्पनबाट आयोतको ५३ प्रतिशत ग्यास किनेको छ ।
पीजीएनआईजीले आपूर्ति रोक्ने कार्यलार्य सम्झौताको उल्लंघन भनेको छ ।
यता, बुल्गेरियाले भने अप्रिल महिनाका लागि ग्यास आपूर्ति गर्न सबै रकम भुक्तान गरिरहेको दाबी गरेको छ । सो सम्झौतालाई रुसी कम्पनी ग्याजप्रोमले उल्लंघन गरेको बुल्गेरियाको भनाइ छ ।
ग्यास आपूर्ति बन्दको खबरसँगै पोल्याण्डको जलवायु मन्त्रालयले देशको ऊर्जा आपूर्ति सुरक्षित रहेको बताएको छ । जलवायुमन्त्री अन्ना मोस्कभाले अण्डारबाट ग्यास निकाल्न आवश्यक नरहेको र ग्राहकले पनि ग्यास खपत कटौती गनु नपर्ने बताइन् ।