Nic Ad Nic Ad
Nic Ad Nic Ad

सशस्त्र प्रहरी  र राष्ट्रिय वाणिज्य बैंक बीच तलबी बचत खाता तथा कर्जा सुविधा प्रदान गर्ने सम्झौता

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ— सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच सशस्त्र प्रहरी कर्मचारीहरूको हित तथा सुविधाका लागि तलबी बचत खाता सञ्चालन तथा कर्जा कारोबार लगायतका बैङ्किङ सुविधा प्रदान गर्ने सम्बन्धमा  सम्झौता भएको छ ।  सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको प्रमुख आतिथ्य तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको उपस्थितिमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा  एक समारोहका बीच सशस्त्र प्रहरी नायब महानिरीक्षक बिदुर खड्का र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरण कुमार श्रेष्ठले बैंकको हालको अवस्था, बैंकले प्रदान गर्दै आएको सेवाबारे जानकारी गराउँदै ७ प्रदेश ७७ जिल्लामा नै शाखा रहेको यस बैंकले सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको बताए। बैंकले गत आ.व. को मुनाफाबाट ३३ प्रतिशत लाभांश दिन सफल भएको समेत जानकारी गराएका थिए । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सङ्गठनले विभिन्न कल्याणकारी योजनाहरू मार्फत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूलाई विभिन्न सुविधाहरू प्रदान गर्दै आइरहेको उल्लेख गर्दै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकसँग भएको यस सम्झौता सँगै सशस्त्र प्रहरी कर्मचारीहरूले उक्त बैंकले प्रदान गरिरहेको विभिन्न सुविधा लगायत कर्जा सुविधा समेत न्यून शुल्कमा प्राप्त गर्ने बताए। उनले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूलाई प्रदान गरिने सेवा तथा सुविधा वितरणमा उक्त बैंकले पु¥याउने सहयोगप्रति हार्दिक आभार प्रकट गर्दै सो सुविधाले सकल दर्जाका कर्मचारीहरूको हौसला अभिवृद्धि भई राज्यप्रदत्त जिम्मेवारीबोधमा अझ कटिबद्ध भई क्रियाशील रहन उर्जा प्रदान गर्ने विश्वास समेत व्यक्त गरे । सशस्त्र प्रहरी बल नेपालमा कार्यरत राष्ट्रसेवकहरूले पाउने तलब भत्ता तथा आर्थिक सुविधाहरू अनिवार्य रुपमा बैंक खाता मार्फत भुक्तानी गर्नुपर्ने नेपाल सरकारको नीति अनुरूप भएको सो सम्झौता सँगै सशस्त्र प्रहरी कर्मचारीहरूले विना धितो ५ वर्षका लागि अधिकतम रु. १५ लाख सम्मको ऋण सुविधा पाउनासाथ बैंकले प्रदान गरिरहेको अन्य विविध सुविधाहरू समेत पहिलो वर्षको लागि निःशुल्क र त्यसपश्चात् न्यून शुल्कमा उपभोग गर्न पाउने छन् ।  कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरू तथा सो बैंकका बरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।  देशभर बैंकको हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैङ्किङ सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।बैङ्किङबैङ्किङ  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:२४
प्रतिक्रिया दिनुहोस्