अमेरिकाकी उपराष्ट्रपति कमलालाई कोरोना संक्रमण
वासिङ्टन - अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस कोरोना भाइरसबाट सङ्क्रमित भएकी छिन् । शङ्का लागेपछि मङ्गलबार कोरोना परीक्षण गरिएकोमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
“उहाँलाई कुनै ठोस लक्षण देखिएको छैन भने कुनै स्वास्थ्य समस्या पनि भएको छैन, तर आइसोलेसनमा भने बस्नु भएको छ,” उनका प्रवक्ताले भनेका छन् । प्रवक्ताले जारी गरेको वक्तव्यमा उपराष्ट्रपति ह्यारिसले निवासमै आइसोलेसनमा बसेपनि भित्रै बसेर गर्न मिल्ने कतिपय कामहरू भने निरन्तर गरिरहेको उल्लेख गरिएको छ ।
उनी राष्ट्रपति जो वाइडेन तथा प्रथम महिलासँग भौतिक निकटतामा भने नरहेको पनि प्रवक्ताले जानकारी दिएका छन् । अहिले कोरोना भाइरस नियन्त्रण सम्बन्धी निर्देशिकाको ५७ बर्षिया उपराष्ट्रपति ह्यारिसले पूर्ण पालना गरेको र नियमित स्वास्थ्य परीक्षण पनि गराइरहेको उनको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १४:४८
प्रतिक्रिया दिनुहोस्