मौसमी रुघाखोकीका लक्षण र बच्ने उपाय
मौसमी रुघाखोकी, ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन् । यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ । वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका बिरामी वढी देखिने गर्दछन् ।
लक्षण
– ज्वरो आउने (१००.४ डीग्री फरेनहाइट भन्दा बढी)
– टाउको दुख्ने
– घाँटी दुख्ने
– रुघाखोकी लाग्ने
– श्वास फेर्न गाह्रो हुने
– बच्चाहरुलाई झाडा पखाला समेत हुन सक्छ
बच्ने उपाय
– खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने गरौं ।
– साबुन पानीले मिची मिची हात धुने गरौं ।
– पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने गरौं ।
– ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर दोहोर हुने कोठामा आराम गरौं ।
– आनावस्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा नजाऔं ।
– ज्वरो रुघाखोकी लागेको बिरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा लैजाऔं ।
– शंकाष्पद रोगी व्यक्तिवाट सकभर टाढै बसौं ।
– आँखा, नाक तथा मुखमा अनावस्यक रुपमा हात नलैजाऔं ।
– सकभर अरु व्यक्तिहरुसंग हात नमिलाउने, नमस्कार गर्ने ।
– अरुले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगरौं ।
– नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गर्ने ।
साभार: हाम्रो डाक्टर’ बाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:३०
प्रतिक्रिया दिनुहोस्