अभिनेता शारुखान विरुद्धको मुद्दा खारेज
नयाँ दिल्ली—भारतीय अभिनेता शाहरुख खान विरुद्ध दर्ता भएको मुद्दा खारेज भएको छ ।
खान विरुद्ध २०१७ मा फिल्म रईसको प्रमोसनको बेला खानका दर्शकहरू बिच हातपात सुरु भएको थियो । हातपातको क्रममा एक दर्शकको ज्यान समेत गएको थियो ।
सोही कारण उनि माथि लापरवाहीको कारण एक मानिसको मृत्यु भएको भन्दै मुद्दा दर्ता गरिएको थियो ।
खानले आफ्नो दर्शकहरूको भिडमा आफ्नो केही सामानहरू फ्याके पछि भागदौड मच्चिएको थियो ।
गुजरात उच्च अदालतले खान विरुद्ध लागेको आरोपलाई लापरवाही भन्न नमिल्ने भन्दै मुद्दा खारेज गरिएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:०४
प्रतिक्रिया दिनुहोस्