जित हासिल गर्नको लागि योजना बनाउनुस्
तपाईंलाई थाहा छ तपाईं कहाँ गइरहनुभएको छ ? यदि थाहा छैन भने तपाईं अन्त्यमा कहीँ पुग्न सक्नुहुन्न ।
नियमको चतुर अनुयायी सटीक रुपले उनी कहाँ गइरहेका छन् त्यो उनलाई थाहा हुन्छ । उनीसित योजना हुन्छ ।
उनले त्यस ठाउँमा पुग्ने नक्शा बनाउँछन्, जहाँ उनी पुग्न चाहन्छन् — छ महिनामा, एक वर्षमा, पाँच वर्षमा । उनले आफ्नो खेलको योजना बनाउँछन् र खेल्ने तरिका जान्दछन् । तपाईंले पनि यही नै गर्नुहुनेछ । नियमको खेलाडी लचिलो हुन्छन् तथा ती कट्टर चिन्तक हुँदैनन् । बरु स्मार्ट र ज्यादै अनुकूलनशील हुन्छन् ।
साभार: ‘तपाईंको जीत’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:०२
प्रतिक्रिया दिनुहोस्