१२ करोड हिनामिनामा कसुरदार ठहरिएका पाँच जनालाई जेल सजाय
कपिलवस्तु - तौलिहवास्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको झण्डै १२ करोड हिनामिना मुद्दामा कसुरदार ठहरिएका पाँच जनालाई नै जेल सजाय तोकिएको छ । गत फागुन १२ गते अदालतद्वारा कसुरदार ठहराइएका तीन जनालाई पाँच वर्ष र दुई जनालाई तीन वर्ष कैद सजाय तोकिएको हो ।
अदालतका न्यायधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले सहकारीका कर्मचारी राजेशकुमार कान्दु, कार्यकारी निर्देशक निलाफ चन्ददेव पाण्डेय र व्यवस्थापक अभिनाश देव पाण्डेयलाई जनही ५ वर्ष कैदको फैसला भएको अदालतका इजलास अधिकृत लक्ष्मण पंथीले जानकारी दिए ।
यस्तै सहकारीको बचत संकलनकर्ता श्रवणकुमार गुप्ता र सुन्दरकेशव गुप्तालाई जनही ३ वर्ष कैद सजाय तोकिएको छ । सहकारी ऐन २०७४ को दफा १२४ (१) ङ बमोजिम उनीहरुलाई कैद सजाय तोकिएको हो । गत फागुन ११ गते न्यायधीश सापकोटाको इजलासले पाँच जनालाई कसुरदार ठहराएको थियो ।
अदालतमा २०७६ पुस १२ गते सहकारी समिति र कर्मचारीहरु गरी ५३ जनाविरुद्ध संगठिता ठगी गरी अपचलन गरको सहकारी रकम हिनामिन ठगी गरेको तथा संगठीत अपराध मुद्दा चलेको थियो । दुई वर्षदेखि चलेको तौलिहवास्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको झण्डै १२ करोड अपचलन भएको मुद्दामा ५ जना कसुरदार ठहरिएका थिए ।
अदालतले तीन जना कर्मचारी र दुई जना बचत संकलकर्तालाई कसुदार ठहराएको थियो । सो मुद्दामा ४५ जनाले भने सफाइ पाएको अदालतका श्रेस्तेदार सुमन पाण्डेयले बताए । अदालतमा २०७६ पुस १२ गते सहकारी समिति र कर्मचारीहरु गरी ५३ जनाविरुद्ध संगठित रुपमा ठगी गरी अपचलन गरको सहकारी रकम हिनामिन ठगी गरेको तथा संगठित अपराध मुद्दा चलेको थियो ।
त्यसमध्ये ४५ जनाले सफाइ पाइसकेका छन् । फैसला कार्यान्वयनकाका लागि अदातलका तहसिलदार, कपिलवस्तु नगरपालिका सहकारी संस्था हर्ने अधिकारी र बचतकर्ता तर्फबाट संयोजक बनेका शत्रुघनशरण चौधरीले १५/१५ दिन भित्र सहकारीको सुपरिवेक्षण गर्ने फैसला गरिएको थियो । यस्तै मुद्दा चल्नु पूर्व रहेका समित र लेखा समितिलाई एक हप्ता भित्र विशेष साधारण सभा बोलाउन निर्देशन गरिएको थियो । समितिलाई अदालतले विभिन्न १५ वटा कार्य गर्ने जिम्मेवारी दिएको थियो ।