Nic Ad Nic Ad
Nic Ad Nic Ad

हाइटी झडपमा कम्तीमा २० जनाको मृत्यु, हजारौं विस्थापित

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - हाइटीको राजधानी शहर पोर्ट-ओ-प्रिन्समा भएको दङ्गा भीडन्तमा कम्तिमा २० व्यक्तिको मृत्यु भएको छ भने हजारौं विस्थापित भएको हाइटीको नागरिक सुरक्षा निकायले बिहीबार जनाएको छ ।

आइतबार, अप्रिल २४, बिहान ३ः०० बजे ०८ः०० जिएमटीे बाट, ४०० मावोजो र चेन मेकानका गिरोहहरू बीचको शक्तिशाली झडपले जनसङ्ख्यामा त्रास पैदा गरेको छ । परिणामस्वरूप साना बच्चाहरू भएका परिवारहरू सहित हजारौं मानिसहरू विस्थापित भएका छन् । भर्खरैका प्राप्त रिपोर्टहरू अनुसार अप्रिल २४-२६ सम्म कम्तिमा २० सर्वसाधारण मारिएका छन् ।

विज्ञप्तिमा झण्डै १० घर जलेको र क्षेत्रीय उद्यम, पसल र विद्यालयले आफ्नो सञ्चालन बन्द गरेको उल्लेख गरेको छ । यसै बीच आगामी दिनमा झडपलाई चर्काउने चेतावनी दिइएको छ । अक्टोबर २०२१ मा १७ इसाई मिसनरीहरू १६ अमेरिकी नागरिक र एक क्यानाडाली, पाँच बच्चाहरूसहित -पोर्ट-ओ-प्रिन्स बाहिर अनाथालयको यात्राको क्रममा अपहरण र बन्धक बनाइएको छ । मिसनरीहरूलाई ४०० मावोजो नामक कुख्यात सशस्त्र गिरोहले अपहरण गरेको छ । -रासस

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १४:४९
प्रतिक्रिया दिनुहोस्