Nic Ad Nic Ad
Nic Ad Nic Ad

पल शाहले दर्ता गरेका निवेदनलाई एकैठाउँमा राखेर हेर्न उच्च अदालतको आदेश

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - उच्च अदालत पोखराले अभिनेता पल शाहले दर्ता गरेका दुई निवेदनलाई एकैठाउँमा राखेर हेर्न आदेश दिएको छ । नाबालिग गायिकामाथि बलात्कार आरोप लागेका शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए । शाहले जिल्ला अदालत तनहु र नवलपुरबाट थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध निवेदन दिएका थिए । सोही निवेदन सँगै राखेर हेर्न उच्च अदालत पोखराले आदेश दिएको हो ।शाहले दुवै जिल्ला अदालतको आदेश बदर गरेर साधारण तारेख वा धरौटीमा रिहाइको माग गर्दै निवेदन दिएका थिए ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:३७
प्रतिक्रिया दिनुहोस्