भारतमा कोरोनाका कारण एकैदिन ६० जनाको मृत्यु
काठमाडौँ– पछिल्लो समय कोरोना संक्रमितको संख्यामा फेरि तीव्र रुपले बढ्दै गएको भारतमा एकै दिन ६० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३ हजार ३७७ नयाँ संक्रमित भेटिएका छन् ।
यो अवधिमा कोरोनाका २ हजार ४९६ बिरामी निको हुँदा ६० जनाको भने मृत्यु भएको छ ।
भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७५३ पुगेको छ र सक्रिय संक्रमित पनि बढेर १७ हजार ८०१ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १४:४९
प्रतिक्रिया दिनुहोस्